तुलसीपुर आगलागी अपडेट : मृत्यु हुनेहरुको पहिचान खुल्यो

आगलागीबाट चार बालबालिकासहित पाँचको मृत्यु

0
Shares

दाङ ।

दाङको तुलसीपुरस्थित एक पसलमा भएको आगलागीमा ज्यान गुमाउनेहरुको पहिचान भएको छ । मृत्यु हुनेहमरुमा १३ वर्षिया साजिता खातुन, १५ वर्षिय हसन बकस, १३ वर्षिय मनिस बकस, ४० वर्षिय नजर दिव अली र ५ बर्षीया अवीददिन अली रहेका छन् ।

मृतक पाँचै जनाको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । उद्धारमा खटिएका एक जना घाईते भएका छन् । तुलसीपुर निवासी ३८ वर्षिय अमर डाँगी बहोस भएको र उहाँको उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा कोठा भाडामा लिएर बसेका पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु आर्यालले जानकारी दिए ।

यो पनि पढ्नुहोस् :
दाङको तुलसीपुरमा भीषण आगलागी, पाँचको मृत्यु