दाङको तुलसीपुरमा भीषण आगलागी, पाँचको मृत्यु

0
Shares

दाङ ।

दाङको तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा भीषण आगलागी भएको छ । जसमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका– ५ ‘‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यरातिभएको आलगागीमा परि ५ जनाको मृत्यु भएको हो ।

लामो प्रयासपछि आगो नियन्त्रणमा लिएपछि मानवीय क्षतिबारे जानकारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरीले चार पुरूष र एक बालिकाको शव निकालेको छ । शवलाई अस्पताल पठाइएको छ। मृतकहरुको पहिचान भइसकेको छैन ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको छ ।