यस्तो छ आजको मौसम

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराइका थोरै भू-भागमा हुस्सु र कुहिरो रहेको छ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेर बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागका थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।