निर्वाचनमा गठबन्धन चाहिन्छ : प्रचण्ड

0
Shares

काठमाडौं ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर निर्वाचन लड्नुपर्ने बताउनुभएको छ । उहाँले केन्द्रमा सत्ता गठबन्धन रहेकाले चुनावमा पनि गठबन्धन गरेर जाँदा फाइदा हुने बताउनुभएको हो ।

आफूलाई भेटन आएका नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग प्रचण्डले गठबन्धनलाई बलियो बनाएर जानुपर्नेमा जोड दिनुभएको थियो । उहाँले कोइरालालाई सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । कोइराला–दाहालबीच समसामयिक राजनीतिक विषयहरूमा करिब डेढ घण्टा कुराकानी प्रचण्डको स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।

भेटमा एमसीसी सम्झौता, संसद् सञ्चालन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको भएको थियो । आगामी चुनावमा गठबन्धन गर्दा अहिलेको सरकार पनि बच्ने तथा संविधान र लोकतन्त्रको रक्षाका निमित्त समेत गठबन्धनले आफ्नो उद्देश्यबमोजिम काम गर्न सक्ने बताउँदै गठबन्धनलाई निरन्रता दिने विषयमा भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।

जवाफमा कोइरालाले प्रचण्डलाई गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा नहुने बताउनुभएको थियो । उहाँले कांग्रेसले माओवादीलाई भोट हाल्ने तर माओवादीका कार्यकर्ताले रूखमा भोट हाल्नुको साटो बरू एमालेतिरै लाग्ने टिप्पणी गर्नुभएको थियो ।