राष्ट्रपतिद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना

0
Shares

ललितपुर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङमय शताब्दीपुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीका तर्फबाट उहाँका संस्कृतिमामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरू बिहीबार ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगी संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्था बारेमा जानकारी लिनुभएको छ । मन्त्री खतिवडाले उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको उल्लेख गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उहाँलाई शुरूमा निमोनिया देखिएको थियो । उहाँको कोभिड परीक्षणमा पीसीआरको रिपोर्ट नेगेटिभ आएको छ ।