देशभर १,३६९ जना कोरोना संक्रमित थपिए, १२ जनाकाे मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र ३ हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भने २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् ।