एमालेले जिम्मेवारी दिए फेरि काठमाडौंको मेयरमा उठ्ने शाक्यको दाबी


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एमालेले जिम्मेवारी दिए फेरि महानगरको प्रमुखमा आफूले  उम्मेदवारी दिने दाबी गरेकाे छन् ।

काठमाडौं महानगरपालिका-२१ वडामा निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बिहीबार महानगर प्रमुख शाक्यले फेरि आफ्नो दाबेदारी रहने बताएका हुन् । उनले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताएका हुन् ।

शाक्यले पार्टीले आवश्यकताअनुसार त्यो पार्टीले बुझेर जिम्मा दिए काम गर्ने हो । होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं ।’

शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए । उनले महानगरको नीतिअनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने प्रतिवद्धता जनाएका छन्  ।