एमसीसीः अनुदान सम्झौता अगाडि नबढाउन प्रचण्ड र माधवकाे अडान कायमै

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता


न्युज अफ नेपाल, काठमाडौं ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीबारे छलफल भएको हो । प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

स्रोतका अनुसार भेटमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने अडान लिएका थिए । प्रधानमन्त्री देउवाले भने आफूले दिएको समय सीमाभित्रै एमसीसी अनुमोदन गराउनु पर्नेमा अडान लिएका छन् ।