अब बाजुरामा अक्सिजनको समस्या नहुने 


दयाराम पण्डित, बाजुरा । 

गत साता बडी मालिका नगरपालिका वडा नं नौ उखाडीका उमाकान्त जैसीलाई एक्कासि ज्वरो आयो । स्वासफेर्न गाह्रो भयो । रातारात जिल्ला अस्पताल मार्तडीमा भर्ना हुनुभयो  ।

डाक्टर प्रकाश राज जोशीले  चेकजाँच गर्दा उहाँमा कोरोना पोजेटिभ देखियो । नर्मल छ तर, अक्सिजनमा राख्नुपर्छ ,डाक्टर जोशीले मुस्कुराउँदै भन्नुभयो न आत्तिनुस् हामीसँग पहिलो जस्तो अक्सिजन जोह गर्न धनगढी नै पु-याउनु पर्दैन । अहिले हामीसँग यही अक्सिजनको व्यवस्था छ ।

डाक्टर जोशीको निर्देशनमा स्वास्थ्यकर्मीले तुरुन्त भर्ना बेडमै डाईरेक्ट अक्सिजन पाइप जोडे । अक्सिजन जोडेको  केही समयपछि बिमारी जैसी बोल्न थाल्नुभयो । स्वास्थ्यमा सुधार भएको महशुस भइरहेको छ, केही खानेकुरा भए खान्छु बिमारी तिमिल्सिनाले भन्नुभयो ।

त्यस्तै  एकाएक श्वासप्रश्वासमा समस्या आएपछि बडी मालिका नगरपालिका सातकी मिना उपाध्याय पनि अस्पताल भर्ना हुनुभयो । चेकजाँचमा उनलाई पनि अक्सिजन दिनुपर्ने भएकोले यथाशीघ्र अक्सिजनमा राखे केही छिन पछि लामो श्वास फेर्दै  उपाध्यायले भनिन् अब त मलाई ठिक हुन्छ ।

विगत देखि जिल्ला अस्पताल बाजुराले अक्सिजन अभावकै कारण अक्सिजन सिलिन्डर भर्न  धनगढी पठाउनुपर्थ्यो । त्यहाँबाट फर्किन बिरामीले  तिन चार दिन कुर्नु पथ्यो । अक्सिजन आईपुग्दा बिमारीको एकदमै क्रिटिकल अवस्था भई सक्थ्यो । तर,  प्रदेश र संघ सरकारको सहयोगमा गत महिना जिल्ला अस्पताल बाजुरामै अक्सिजन प्लान्ट जडान गरेपछि बिरामीको उपचारमा निक्कै सहजता  भएको छ। । अब अक्सिजन अभावकै कारण कसैले अकालमा ज्यान गुमाउनुपर्दैन जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाशराज जोशीले खुसी व्यक्त गर्नुभयो ।

उक्त अक्सिजन प्लान्ट करिब  एक करोड पचास लाख रुपैयाँको लागतमा जिल्ला अस्पताल बाजुरामा जोडिएको हो । उक्त प्लान्टले प्रति घण्टा १० एमएम क्युप अक्सिजन उत्पादन गर्ने गरेको  जिल्ला अस्पताल बाजुराका डाक्टर दिपेन्द्र बुढाले बताउनुभयो । एक दिनमा पाँच देखि १० वटा सिलिन्डर भर्न सकिन्छ । २० वटा बेडमा डाइरेक्ट पाइप लाईन सप्लाई गर्न सकिन्छ । जिल्लाका अन्य स्वास्थ्य संस्थाकामा पनि अब अक्सिजन सिलिन्डर सहजै आपूर्ति गर्न सक्छौँ डाक्टर बोहोराले भन्नुभयो ।

हाल ४८ लिटरका एक सय थान सिलिन्डर छन् ,सानो १० ÷२० लिटरका ससाना सिलिन्डर पनि मौज्दात छन् । अब कोरोना महामारीमा पनि अक्सिजनको अभाव हुन दिँदैनौँ डाक्टर बुढाले  भन्नुभयो । “अक्सिजन प्लान्टका लागि मात्र २०० किलोवाट बत्ती आवश्यक पर्ने देखिन्छ २५० के भिएको  बिद्युत् ट्रान्सफर  जडान गर्न प्रदेश र संघ  सर कारसँग माग गरेका छौंं । बिद्येत सेवा नियमित भए बाजुरामा अक्सिजनको अभाव हुँदैन  “ अस्पताल प्रमुख डाक्टर जोशीले भन्नुभयो । हाल जेनरेटरले चलाउनुपर्ने भएकोले ब्याक अप त्यति हुँदैन डाक्टर जोशीले भन्नुभयो ।

जिल्लामै अक्सिजन प्लान्टको सुविधा पाएपछि  दम, निमोनिया र चोटपटक लागेका बिमारी जिल्ला अस्पताल मार्तडी आउनेको सङ्ख्या बढेको स्वास्थ्यकर्मी बताए । जिल्लामै अक्सिजन उपलब्ध भएपछि  सुविधा पनि पाएका छौँ उपचाररत बिरामीले भने ।

अक्सिजन मानिसको मुटुजस्तै भएकोले कोरोनाका लागि अस्थायी रुपमा भए पनि दम, निमोनिया, मुटु रोगी र चोटपटक लागेका बिरामीको लागि अक्सिजन  दैनिक आवश्यक पर्छ । हाल दिनमा पाँचदेखि १०  सिलिन्डर अक्सिजन प्रयोग भइरहेको छ। जिल्लामा पचास शय्याको अस्पताल निर्माणाधीन छ ।

अस्पताल बने पश्चात् बिस्तारै अन्य सेवा सुबिधा पनि थपिँदै जानेछन् ।  अब जिल्लामै ब्लड बैंकको अति आवश्यकता छ भने सदरमुकामको कफल्लामा नयाँ एयरपोर्ट बनाउन सके बाजुराका बिरामीले पहिले  जस्तो पिठ्यूँ डोकाको भरमा बिरामी बोकेर बाटोमै ज्यान गुमाउनु पर्ने बाध्यता हट्ने थियो ।