राप्रपाको पदाधिकारी बैठक धुम्बाराहीमा सुरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

धुम्बाराही पार्टी केन्द्रीय कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा।धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही र प्रदेश समितिका अध्यक्ष सहभागी छन् ।