सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, सदस्यबाहेकलाई प्रवेशमा रोक


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

आज दिउँसाे २ बजे बस्ने कार्यसम्पादन समितिको बैठकमा सदस्यहरूबाहेकलाई प्रवेश रोक लगाएको छ ।

बैठकस्थलमा नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले धर्ना र प्रदर्शन गर्ने भएपछि कांग्रेस केन्द्रीय कार्यालयमा पार्टी पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यबाहेकलाई प्रवेश रोक लगाउको हो ।

प्रदर्शनको तयारीका लागि सानेपा पुगेका नेविसंघ नेता कार्यकर्तालाई प्रहरीले पार्टी कार्यालयभित्र प्रवेश गर्न दिएको छैन ।सम्भावित प्रदर्शन र प्रधानमन्त्री शेरबहादुर देउवाको आगमनमा हुनसक्ने अवरोधलाई ख्याल गर्दै सानेपाको सुरक्षा अवस्था पनि कडा पारिएको एक प्रहरी अधिकृतले बताए ।