त्रिविले फागुन १ बाट भौतिक उपस्थितिमा कक्षा र परीक्षा सञ्चालन गर्ने 

0
Shares

न्युज अफ  नेपाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थितिमा नै कक्षा र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग तथा स्कुलहरूलाई स्थानीय निकायसँग समन्वय गरी स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालनको व्यवस्था गर्न र सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्ने निर्णय गरिएको हो ।

कार्यालयमा सामाजिक तथा भौतिक दूरी कायम गरी दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने समेत त्रिवि कार्यकारी परिषद् बैठकको निर्णय भएको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।

त्रिविले माघ पहिलो साता एक सूचना प्रकाशित गर्दै ओमिक्रोन भेरिएन्टको तीव्र सङ्क्रमण फैलिएको भन्दै कक्षा बन्द गरेको थियो भने परीक्षा स्थगित गरेको थियो ।