भीरबाट लड्दा कामीको मृत्यु

0
Shares

सल्यान, (नेस) ।

सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका ४१ वर्षका शोभाराम कामीको मृत्यु भएको हो । कामका लागि वडा नं १ कागखोला गएका उनी वडा नं २ स्थित घरेलीडाँडा जंगल नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनुभयो ।

उहाँका अनुसार कामी सडकदेखि ४ सय मिटर तल खसेका थिए । उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो । घटनाबारे बुझ्न प्रहरी टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो । भीरबाट लडेर मृत्यु भएका कामीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको उहाँको भनाइ छ ।