गल्याङमा टेलिकमको नयाँ टावर सञ्चालन

0
Shares

काठमडौं (नेस) ।

नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लवरकोटमा जीएसएम सेवाको नयाँ वीटीएस टावर सञ्चालनमा ल्याएको छ । फोरजी तथा टुजी दुवै सेवासहित सञ्चालन गरिएको उक्त टावरले सो क्षेत्रका हजारौं उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले बताउनुभयो ।

गल्याङ नगरपालिका–११ मा सञ्चालित उक्त टावरबाट स्याङ्जाको जिमुवा, लवरकोट, तुलसी भन्ज्याङ, दिमिकलगायत क्षेत्रका साथै पाल्पा जिल्लाको असर्दी, हुँगी, फोक्सिङकोट लगायतका आसपासका क्षेत्रका उपभोक्ताहरू पूर्ण रूपमा लाभान्वित हुने नेपाल टेलिकम गल्याङका प्रमुख राम राज उपाध्यायले बताउनुभयो । नेपाल टेलिकमले उक्त सेवा गत मंगलबारदेखि चालु गरेको हो ।