रुबीलाई १० हजार डलरको छात्रवृत्ति

0
Shares

काठमाडौं, (नेस) ।

बाराकी रुबी शाहलाई १० हजार अमेरिकी डलर बराबरको जोन्टा इन्टरनेसनल २०२१ जेनएम क्लाउजम्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित गरिएको छ । उहाँलाई जोन्टा क्लब अफ काठमाडौं–२५, क्षेत्र २ बाट मनोनयन गरिएको थियो र पुरस्कारको लागि आवेदन जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट छनौटमा पठाइएको थियो ।

जहाँ उहाँले थप २ हजार अमेरिकी डलर पनि प्राप्त गर्नुभएको छ । उहाँसँगै अरू ३२ जनाले २ हजार डलर बराबरको थप छात्रवृत्ति पनि प्राप्त गरेका थिए । यसका साथै उहाँले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८ हजार डलर पनि प्राप्त गर्नुभएको छ । उहाँले शैक्षिक वर्ष २०२१– २०२२ को लागि यस अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका छ जना क्षमतावान प्रतिभाहरूमध्ये एक हुनुहुन्छ ।

उहाँ वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ । १९ वर्षको उमेरदेखि नै रुबीले विभिन्न विधामामा व्यवसाय इन्क्युबेसन, कन्टेन्ट क्रिएसन, मार्केटिङ र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहनुभएको छ ।