सभामुख सापकोटालाई अनेरास्ववियु काभ्रेले देखायो कालो झण्डा

विरोध पछि विद्यार्थी र सुरक्षाकार्मी बीच झडप

0
Shares

काभ्रे ।

अनेरास्ववियुका विद्यार्थीले  काभ्रेमा सभामुख अग्नि प्रसाद सापकोटालाई धुलिखेलस्थित बिपी राजमार्गमा कालो झण्डा देखाएका छन् । एमसीसीको खारेजी, एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको लगायतका विषयलाई लिएर अनेरास्ववियु काभ्रेका विद्यार्थीले सभामुख सापकोटालाई कालो झण्डा देखाएका हुन् ।

काभ्रेको सारथी होटलमा आयोजना गरिएको सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन जाँदै गर्दा अनेरास्ववियुले सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो ।

विरोध पछि विद्यार्थी र सुरक्षाकार्मी बीच झडपसमेत भएको थियो । कोण सभामा विद्यार्थी नेता सालिकराम पराजुली र युवा नेता सागर रायमाझीले सम्बोधन गरेका थिए ।