थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ हजार ७७७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप १४ संक्रमितको मृत्यु भएको छ। नेपालमा हाल ३० हजार २४१ सक्रिय संक्रमित रहेका छन्।