मधेसमा स्थानीय तहको निर्वाचन असोजमा गर्न लोसपाको माग (विज्ञप्तिसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन असोजमा गर्नुपर्ने बताएको छ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ।

 वैशाखमा निर्वाचन गर्दा मधेस प्रदेशका जनप्रतिनिधिहरुका लागि अधिकार वञ्चित हुने लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताएका छन्।

उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, मधेस प्रदेशमा विगतमा भएको स्थानीय तहको निर्वाचनको मिति २०७४ असोज २ गतेलाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २१५-६, २०१६-६ र २२०-५ अनुसार हुने भएकोमा कुनै निर्वाचित पदाधिकारीको विना कारण एक दिन पनि अधिकारबाट वञ्चित गर्न संविधाको मर्म र भावना विपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सम्बन्धित पक्ष एवं अन्य सरोकारवाला समेतको ध्यान आकृष्ट गर्न चाहन्छौं।