स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँसहित एक जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना रहेका छन् ।

काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँसहित उनलाई मंगलबार दिउँसो विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।