शिक्षालयको अनियमितता छानबिन शुरू



डोटी ।

सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप–निर्देशक देवसिंह धामीको नेतृत्वमा छानबिन शुरु गरिएको छ । शिक्षालयमा आर्थिक लगायत अन्य विभिन्न विषयमा नियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले धामीको नेतृत्वमा छानबिन समिति खटाएको हो ।

समितिले मंगलबारबाट आफ्नो काम थालनी गरेको संयोजक धामीले जनाउनुभयो । उक्त समितिमा जिल्ला प्रशासनले लेखा शाखाबाट एक जना, कोलेनिकाबाट एक जना र एक जना इन्जिनिएर खटाइएको छ । समितिले छानबिनका लागि आवश्यक कागजातहरु सङ्कलन गरिएको छ । समितिले विशेष गरेर भवन निर्माणमा भएको अनियमितता, शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवले कुखुराका चल्ला खरिदमा गरेको बार्गेनिङ, विद्यार्थी भर्नामा भएको आर्थिक अनियमिततालगायतका विषयमा छानबिन गर्ने संयोजक धामीले बताउनुभयो ।

यसै गरी, विद्यार्थीको युनिफम खरिद, शिक्षालयमा हालसम्म खरिद भएका मेसिनरी सामग्री, एग्रोभेटका सामग्री, मसलन्द, गाडी मर्मत तथा तेल खर्च, शैक्षिक सामग्री खरिदलगायतमा आर्थिक अनियमितता भएको भन्ने उजुरी परेकाले सो विषयमा पनि छानबिन गरिन लागेको हो । आर्थिक अनियमितताको आरोप लागेपछि शिक्षालय प्रमुख यादवलाई प्रमुखको जिम्मेबारीबाट हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्