हिमपहिरोमा परी ७ सैनिकको मृत्यु


एजेन्सी ।

भारतको अरुणाचल प्रदेशको कामेन्ग क्षेत्रमा हिम पहिरोमा परी ७ जना सैनिकको मत्यु भएको छ ।उनीहरु फेब्रुअरी ६ मा हिमपहिरोमा परि बेपत्ता भएको भारतीय समाचार एजेन्सी एएनआईले जानकारी दिएकोे छ ।

भारतीय सेनाले उनीहरुको शव निकालिएको बताएको छ । हिम पहिरोमा परेसँगै उनीहरुको खोजीकार्य  भइरहेकाे थियो । भारतीय सेनाले सार्वजनिक गरेको एक विज्ञप्तिमा धेरै प्रयास गर्दा पनि हिम पहिरोमा परेका सात जनामध्ये कसैलाई पनि जीवित फेला पार्न नसकिएको उल्लेख गरेको छ ।