कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

0
Shares

काठमाडौं ।

स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।

पार्टी सहमहामन्त्री भीष्मराज आङदेम्बेले स्थानीय तह निर्वाचनको अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने बताए ।