६ दल र दुई मोर्चा आज एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्दै

0
Shares

काठमाडौं ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिस्ट पार्टी र दुई मोचाले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीलगायत राष्ट्रिय जनमोर्चा र देशभक्त जन गणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे प्रदर्शन गर्ने जनाएका हुन् ।

नेताहरूका अनुसार माइतीघरबाट शुरु हुने प्रदर्शन संसद् भवन नयाँ बानेश्वरसम्म पुग्नेछ । यसबाहेक आजै देशभर प्रदर्शनको पूर्वनिर्धारित कार्यक्रमसमेत रहेको छ । सरकारले एमसीसी संसद्‍बाट अनुमोदन गराउने तयारी थालेपछि ६ दल र दुई मोर्चा विरोधमा उत्रिएका हुन् ।

न्युज कारखाना