सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख

0
Shares

काठमाडौं ।

अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । श्वासप्रश्वाससँगै फोक्सोमा समस्या भएपछि सोमबार राति किस्ट मेडिकल कलेज भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएको पत्रकार गिरीश गिरिले जानकारी दिए ।

जोशीको कोभिड-१९ परीक्षण पनि गरिएको छ । तर, रिपोर्ट आउन बाँकी छ ।

न्युज कारखाना