एकैपटक ७ हजार ३४४ जना प्रहरी जवानहरुको सरुवा

0
Shares

काठमाडौं ।

नेपाल प्रहरीमा एकै पटक झण्डै साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो ।

फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो । स्थानिय तह निर्वाचन मिति घोषणा भएसँगै ठूलो संख्यामा प्रहरी जवानहरूको पनि सरुवा गरिएको हो ।