प्रतिनिधि सभा बैठक स्थगित

0
Shares

काठमाडौं ।

प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार बैठक स्थगित भएको हो । सरकारको आग्रहमा भोलिका लागि तय भएको बैठक ६ दिनका लागि स्थगित गरिएको जनाइएको छ । अब अर्को बैठक फागुन २ गते बस्ने छ ।

संसद् सचिवालयले भोलिको बैठको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने तयारी हुँदा बैठक सारेको हो । भोलिका लागि सार्वजनिक सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता समावेश भएको थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेका छन् भने गठबन्धन दलहरुबीच सहमति हुन सकेको छैन ।

न्युज कारखाना