स्थानीय तह निर्वाचन घोषणाको नियोकद्वारा स्वागत


न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेकोमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले स्वागत गरेको छ । स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई नियोकले पटक पटक आग्रह गरेको थियो ।

नियोककाे महासचिव देविका तिमिल्सिनाले यस निर्णयले लोकतान्त्रिक अभ्यास र विधिको शासनको मूल्य र मान्यतालाई उच्च प्राथमिकतामा राखी जनमतको आधारमा राज्य सञ्चालन गर्ने प्रक्रियाको कदर भएको बताए । स्थानीय सरकारको गठन समयमै हुनुपर्छ भन्ने जनचाहनालाई सरकारले ध्यान दिई स्थानीय तहको सरकार खाली हुनबाट जोगाएको  तिमिल्सिनाले  बताए ।

यस्तै स्वतन्त्र,निष्पक्ष तथा निर्भरतापूर्वक २०७९ वैशाख ३० मा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल,सुरक्षा निकायहरू,मतदातालगायत निर्वाचन पर्यवेक्षकहरूले  प्रतिवद्धतासहित लाग्ने भनी नियोकले आव्हान गरेको छ ।