पछिल्लो २४ घण्टामा १,९५७ जनामा संक्रमण पुष्टि, ११ जनाकाे मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार १२ हजार ६ सय ९२ वटा नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार पाँच सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार एक सय ८४ जना र चार हजार एक सय पाँचजनामा एन्टिजेन परीक्षण गर्दा सात सय ७३ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार एक सय ८१ रहेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार एक सय तीनजना डिस्चार्ज भएका छन् । कोरोनाबाट  मृत्यु हुनेको संख्या ११ छ ।