कोरोना रोकथामका लागि उच्च सतर्कता

0
Shares

मुगु ।

कोरोनाको प्रभाव दिन–प्रतिदिन बढ्दै गएपछि हिमाली जिल्ला मुगुका स्थानीय तहहरुमा कोरोना संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको छ । जिल्लामा १२ देखि १७ वर्षसम्म उमेर समूहका किशोर–किशोरीलाई कोभिडविरुद्ध मोडर्नाको पहिलो मात्रा खोप लगाइएको छ ।

दोस्रो मात्राका लागि पनि आवश्यक तयारी भइरहेको जिल्ला अस्पताल मुगुले जनाएको छ । जिल्ला भित्रिनेहरुबाट संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्लामा कोरोनाको एन्टिजेन परीक्षणलाई समेत तीव्रता दिइएको छ, भने विभिन्न स्वास्थ्य सस्थाहरुमा आईसीयू बेडसमेत व्यवस्थापन गरिएको छ । साथै जिल्ला अस्पताल मुगुमा अक्सिजन मेसिनसमेत जडान गरिँदै छ । संक्रमणको जोखिम उच्च भएकाले यसबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड पालना गराउन अभियानसमेत चलाइएको छ ।