मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीको सूचीमा



न्यूयोर्क (नेस) ।

मेटलाइफले फच्र्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनीलाई ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी’ हरूको सूचीमा राखेको जानकारी गराएको छ । सर्वोत्तम मानिएका कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बिमा कम्पनीहरू समावेश गरिएको थियो ।

लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरूमा बिमा उद्योगका कार्यकारीहरू, निर्देशकहरूसँग सर्वेक्षण गरी बिमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरूको पहिचानका लागि फच्र्युनको कर्न फेरि नामक विश्वव्यापी संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ ।

मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, मिसेल खलाफले आफ्नो कम्पनी जीवन बिमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरूमध्ये एक भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

साथै उहाँले मेटलाइफका कर्मचारीहरू कम्पनीको उद्देश्यलाई गौरवका साथ आत्मसाथ गर्दै ग्राहकहरूलाई गरिएको बाचा पूरा गर्न र आफ्ना समुदायमा सकारात्मक परिवर्तन ल्याउन सधैँ अग्रसर रहेकाले फच्र्युनद्वारा प्रदान गरिएको यो मान्यता आफ्नै कर्मचारीहरूको मान्यता भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्