बर्दियाबाट मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ


न्युज अफ नेपाल, बर्दिया ।

मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया –०२ बस्ने विशाल थापा, सोही ठाउँ बस्ने बिक्रम विश्वकर्मा, सुरेन्द्र विक र सागर परियार रहेका छन् ।

कार्तिक ५ गते बारबर्दिया–३ बस्ने महेश चौधरीको घरबाट भे७प ६६२५ नम्बरको कालो रङ्गको १०२ सीसीको प्लाटिना मोटरसाइकल चोरी भएको थियो ।उक्त मोटरसाइकल विशाल थापाले चोरी गरेर आफू खुसि नम्बर प्लेट परिवर्तन गरेर चलाएको पाएपछि प्रहरीले पक्राउ गरेको हो । विशालले नम्बर परिवर्तन गरी भे४ प ३१२४ नम्बर राखेर चलाउँदै आएको थिए ।

प्रहरीले थापालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरीमा संलग्न थप ३ जनालाई पनि पक्राउ गरिएको हो । जिल्ला अदालत गुलरियाबाट चोरी कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।