थपिए १५ सय ७० नयाँ कोरोना संक्रमित, १३ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण सो अवधिमा १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभर ७ हजार ८७४ जनाको पीसीआर र ३ हजार ४९१ जनाको एन्टीजेन परिक्षण गरिएको थियो ।

कूल ११ हजार ३६५ जनाको स्वास्थ्य परिक्षण गर्दा १ हजार ५७० जनामा कोरोना संक्रमण पाइएको हो । बितेको चौबिस घण्टामा देशभर ६ हजार १४६ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ रहेको छ ।