बैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णय

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएको छ । मन्त्रिपरिषद्को बालुवाटारमा जारी बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद वैठकअघि सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गरेको थियो । मन्त्रिपरिषद्को बैठकमा निणर्य गर्नुअघि सरकारले आयोगका पदाधिकारीहरूसँग परामर्श गरेको हो ।

निर्वाचन आयोगले आगामी ५ जेठमा सात सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले १७ र २१ वैशाखमा निर्वाचनको मिति सरकारलाई प्रस्ताव गरेको थियो । तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षको आइतबारको बैठकपछि आज स्थानीय तहको निर्वाचनको मिति सरकारले तोकेको हो । अब ३० वैशाखमै एकै चरणमा स्थानीय तहको निर्वाचन हुने भएको छ । यसअघि २०७४ को स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो ।