सरस्वती पूजामा ‘श्री’ अभियान

0
Shares

काठमाडौं, (नेस) ।

काठमाडौंको तीनथानामा आइतबार सरस्वती पूजाका दिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकता अभियान नेपालले समाजका विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याएका व्यक्तित्वको सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा समाजसेवी एवं साहित्यकार गोपीचन्द्र कार्की, राष्ट्रिय खेलाडी एवं कराँते प्रशिक्षक संघरत्न महर्जन, व्यापारी भरत रम्तेल हुनुहुन्छ । उहाँहरूलाई ज्येष्ठ नागरिक चन्द्रमान महर्जनले श्री सम्मान प्रदान गर्नुभएको थियो ।

स्थानीय समाजसेवी ध्रुव बस्नेतको संयोजकत्वमा सम्पन्न सम्मान समारोहमा ‘श्री’ को वैदिक महत्व रहेको, नेपाली पहिचान र परम्परा रहेको ‘श्री’ लाई नेपालको संविधान, २०७२ ले समेत बिर्सेकोमा चिन्ता प्रकट गरिएको थियो ।

सामाजिक सद्भाव तथा राष्ट्रिय एकता अभियानले आजसम्ममा १ सय ३६ व्यक्तित्वलाई सम्मान गरिसकेको छ । यस अभियानले संविधान, विधान, मुद्रा आदिमा श्री लेखेर लेखनको प्रारम्भ गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।