चन्द्रागिरि जंगलमा हराएका ५ जनाको उद्धार 

0
Shares

काठमाडौं ।

चन्द्रागिरिमा हिउँ खेलेर फर्किँदा हराएका ५ जनाको प्रहरीले उद्धार गरेको छ । आइतबार चन्द्रागिरि डाँडामा हिउँ खेल्न गएका काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं.६ महादेवस्थान बस्ने रिता गुरुङ, सौभाग्य गुरुङ, सहज गुरुङ, जेनिसा गुरुङ र एरविन गुरुङलाई प्रहरीले उद्धार गरेको हो । हराएका सबै जना एकै परिवारका रहेको प्रहरीले जनाएको छ ।

हराएको भनेर आफन्तले खबर गरेपछि महानगरीय प्रहरी वृत्त, थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा विपद् व्यवस्थापन गुल्म, सामाखुसीबाट समेत गरी जम्मा ३७ जनाको प्रहरी टोली हराई रहेकाहरूको खोजी कार्यको लागी खटेको थियो ।

झन्डै ५ घण्टाको लामो खोजी कार्य पश्चात् हराई रहेकाहरूलाई चन्द्रागिरि जंगलबाट राति १ बजे फेला पारेर सकुशल उद्धार गरी स्वास्थ्य परीक्षण समेत गराई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।