ईन्जा टकको तेस्रो श्रृंखलामा दुई प्रखर युवा नेताहरु रिजाल र शिवाकोटी

0
Shares

वाशिंगटन डिसी ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल(ईन्जा)द्धारा सञ्चालित मासिक इन्जा टक भर्चुअल कार्यक्रममा आइतबार ईन्जाले नेपालमा चर्चित बनेका दुई धारका प्रतिनिधिमूलक युवाहरु विष्णु रिजाल र अजयबाबु शिवाकोटीलाई नित्यायो ।

नेकपा एमालेको केही समय अघि सम्पन्न महाधिबेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित रिजाल र नेपाली काँग्रेसको हालै सम्पन्न महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित शिवाकोटीले ईन्जा टकमा बोल्दै पुरानो पुस्तालाई हडात नीति निर्माणको राजनीतिबाट कीनारा लगाउन नसकिने तर युवा सक्रियता बढाउन भने सकिने तर्क प्रस्तुत गरे ।

नेपाली राजनीतिका यी दुवै युवाहरु पुरानो पुस्ताले विस्तारै आफ्नो भूमिकामा परिवर्तन गर्ने र युवाहरुलाई मार्ग प्रसस्त गर्ने कुरामा विश्वस्त भने देखिन्छन । उनीहरुले पुरानो पुस्तालाई जवर्जस्ती पाखा लगाउने पक्षमा युवा नभएको तर क्रमिक रुपमा युवाहरुनै अगाडि आइरहेकाले केही समयमा नेपाली राजनीतिको शीर्ष स्थानमा युवाहरुलाई देख्न पाइने कुरामा विश्वस्त रहेको बताए ।

सो अवसरमा नेता रिजालले पुरानो पुस्ताले नेपालको राजनीतिमा गरेको योगदानको उचित सम्मान गर्दै व्यबस्थापन गर्ने र युवा पीडिले पार्टी र मुलुकको नेतृत्व गर्नु पर्ने अभिमत आजको कार्यकर्ता पंतिमा देखिएको छ भन्नु भयो । तर राजनीतिक दलहरुभित्र भने संस्कार र प्रबृतिमा धेरै सुधारको खाँचो रहेको उहाँको भनाइ थियो । आज राजनीतिक पार्टीहरुभित्र युवाहरुको खोजी भइरहेको छ । पहिले पार्टीमा पाका मानिसहरुको खोजी हुन्थ्यो । पार्टीमा सबै युवाहरु हुँदा पाका मानिसहरु खोजेर ल्याइन्थ्यो तर अहिले त्यो बेलाका युवाहरु सबै बुढा पाका भइसके तर जिम्मेवारी युवाहरुलाई हस्तान्तरण गरेर अवकास लिन कोही तयार छैनन । अब पार्टीहरुले विधान नै संशोधन गरेर उमेरको हद तोक्नु पर्ने भएको छ । नेता रिजालका अनुसार उहाँको पार्टी नेकपा एमालेको नवौं महाधिबेशनले सत्तरी बर्ष उमेर पुगे पछि कुनै पनि कार्यकारी पदमा उमेदवार बन्न नपाईने विधानमा व्यबस्था गरेको छ । यो प्राबधानबाट कतिपय नेताहरुले अवकाश लिईसकेको पनि उहाँले जानकारी दिनु भयो । उहाँ भन्नु हुन्छ– अब युवाहरुले पार्टीको र देशकै नेतृत्व तहमा पुग्न हस्तक्षेपकारी भूमिका नै निर्वाह गर्नु पर्छ ।

त्यस्तै नेपाली काँग्रेसको हालै सम्पन्न महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित अजयबाबु शिवाकोटीले पार्टीहरु लोभ र लाभबाट हैन नीतिबाट चल्नु पर्छ भन्ने युवा आवाज आज बुलन्द भईरहेको धारणा राख्नु भएको थियो ।

उहाँले राणाहरुको जहाँनिया शाशनको विरुद्ध आन्दोलन गर्ने र शहादत प्राप्त गर्नेहरु कम उमेरका थिए भन्दै त्यस पछि नेपालको राजनीतिमा आएका युवाहरुले लामो समयसम्म स्वैक्षिक अवकाश नलिएर पाको उमेरसम्म पनि राजनीतिमा सक्रिय भई रहदा यो समस्या देखिएको हो भन्नुभयो । तर अब विधानतः दुई कार्यकालभन्दा बडी पार्टी सभापति बन्न नपाईने व्यबस्था भईसकेको छ । अहिले राजनीतिक पार्टीहरुका क्रियाशील सदस्यहरुमा युवाहरुको बाहुल्यता हुँदै गएको हुँदा अब राजनीतिमा समयको माग अनुसार नयाँ सोच र योजना एवम कार्यक्रम लिएर युवा आउने कुरामा विश्वास लिन सकिन्छ ।

इन्जाका बरिष्ठ उपाध्यक्ष विष्णु शीतलले सन्चालन गर्नु भएको उक्त कार्यक्रमको अन्त्यमा इन्जा अध्यक्ष गुणराज लुईंटेलले इन्जाद्धारा सन्चालित विभिन्न सहयोगात्मक तथा प्रोत्साहन स्वरुप दिइने पुरस्कारहरुको पनि चर्चा गर्नु भएको थियो । कार्यक्रमको बीचमा ईन्जा सचिब दीपक रिजालले प्रस्तोताहरुबीच सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।

इन्जाले गतबर्ष डिसेम्बरदेखि मासिक रुपमा पहिलो आइतबार विहान अमेरिकाको पूर्वी समय ८ बजेदेखि समसामयिक विषयमा बहस संचालन गर्दै आएको छ । गत डिसेम्बरमा संचार माध्यम र सन्चारकर्मीहरुको अबस्थाको बारेमा बहस गरेको थियो भने यस बर्षको जनवरी महिनामा अमेरिका र नेपाल बीचको आर्थिक सम्बन्धका बारेमा अर्थविद्हरुसँग विचार विमर्श चलाएको थियो ।

आगामी मार्चंको पहिलो आइतवार हुने कार्यक्रमका बारेमा चाँडै नै जानकारी गराईने इन्जाले जनाएको छ ।