परिवार संख्याभन्दा भूकम्प लाभग्राही बढी

0
Shares

रसुवा ।

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार रसुवामा परिवार संख्याभन्दा भूकम्पपीडित लाभग्राहीको संख्या धेरै भएको देखिएको छ । जनगणनाअनुसार रसुवामा ११ हजार ३ सय ६२ घर रहेका छन् । जसमा ११ हजार ८ सय ६२ घर छन् । जहाँ ११ हजार ८ सय ४१ परिवार बसोवास गर्छन् । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १२ हजार ३ सय ७ जना भूकम्पपीडितसँग लाभग्राहीका रूपमा सम्झौता गरेको थियो ।

प्राधिकरणको तथ्यांकअनुसार गोसाइँकुण्ड गाउँपालिकामा १ हजार ९ सय ३६, आमाछोदिङमो गाउँपालिकामा २ हजार ३५, उत्तरगया गाउँपालिकामा २ हजार ३ सय ६५, नौकुण्डमा ३ हजार ३ सय ६२, कालिकामा २ हजार ६ सय ८ जना लाभग्राहीसँग सम्झौता भएको छ ।

प्राधिकरणले गरेको सम्झौताअनुसार जिल्लामा १२ हजार ३ सय ७ वटा घर हुनुपर्ने हो । तर, गत बिहीबार सार्वजनिक भएको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार ९ सय ४५ कम घर देखिन्छ । परिवारको संख्यालाई आधार मान्ने हो भने पनि ४ सय ६६ कम देखिन्छ ।

गोसाइँकुण्डमा २ हजार १ सय ४९ घरमा २ हजार ४ सय ७७ परिवार, कालिकामा २ हजार ४ सय १२ घरमा २ हजार ४ सय ७४ परिवार, नौकुण्डमा २ हजार ८ सय ७८ घरमा २ हजार ८ सय ९९ परिवार, आमाछोदिङमोमा १ हजार ६ सय ८८ घरमा १ हजार ७ सय २७ परिवार, उत्तरगयामा २ हजार २ सय ३५ घरमा २ हजार २ सय ३५ घरमा २ हजार २ सय ६४ परिवार बसोवास गर्ने गरेको प्रारम्भिक नतिजामा उल्लेख छ ।

प्राधिकरणको तथ्यांकअनुसार गोसाइँकुण्डबाहेक अन्य गाउँपालिकामा परिवार संख्याभन्दा धेरै सँग अनुदानको सम्झौता गरेको देखिन्छ । रसुवाको कुल जनसंख्या ४५ हजार ५ सय ४५ छ । २०६८ सालको जनगणनाअनुसार रसुवाको जनसंख्या ४३ हजार ३ सय रहेको थियो । पहिलो चरणको स्थलगत कार्य २०७८ भदौ ३० गतेदेखि असोज १८ गतेसम्म र दोस्रो चरणको स्थलगत कार्य २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म थियो ।