लागूऔषधसहित महिला नियन्त्रणमा

0
Shares

हेटौंडा, (नेस) ।

मकवानपुर प्रहरीले एक महिलाको डेराबाट लागूऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको बकैया गाउँपालिका–४ छतिवन घर भएर हाल हेटौंडा–१९ बस्तीपुरमा डेरा गरी बस्ने वर्ष २९ की नानीमाया खत्रीको डेराबाट लागूऔषध बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुर्फिन २५० एम्पुल गरी ७९८ एम्पुल लागूऔषध लुकाइराखेको अवस्थामा फेला परेर उनलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार राति करिब ८ बजे नियन्त्रणमा लिइएको थियो ।

मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै खत्रीलाई सार्वजनिक गर्नुभएको छ । ‘हामीले यस विषयमा थप अनुसन्धान गरिरहेका छौं । केही दिनमा कारोबारमा संलग्न अन्यलाई पनि पक्राउ गर्नेछौं ।’ –उहाँले भन्नुभयो ।