सीजी नेटले १५ दिन ‘फ्री ट्राइल’दिने



काठमाडौं(नेस) ।

सीजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राइल अफर’ दिने भएको छ । यो अफरअन्तर्गत नयाँ प्रयोगकर्ताले सिजि नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् । यसबाट नयाँ प्रयोगकर्ताले परीक्षण अवधिको रूपमा १५ दिन इन्टरनेट चलाउँदा कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ । यसरी उपभोक्तालाई १५ दिनसम्मको निःशुल्क परीक्षण अवधिदिने आफूहरू पहिलो सेवा प्रदायक कम्पनी भएको सीजी नेटले जनाएको छ ।

सीजी नेटका प्रमुख कार्यकारी अधिकृत सञ्जय पोखरेलले प्रयोगकर्ताले उच्चगतिको इन्टरनेट निःशुल्क अनुभव गर्न पाउने बताउनुभयो । उहाँका अनुसार राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउनेछन् । सीजी नेटले हाल ९ सय ९९ रुपियाँ प्रति महिनामा १२० एमबीपीएसको उच्चगतिको इन्टरनेट र ६ सय ४९ रुपियाँ प्रति महिनामा पचास एमवीपीएसको सुपर सस्तो प्याकेज प्रदान गर्दै आएको छ । न्यून शुल्कमा गुणस्तरीय र उच्चगतिको इन्टरनेट खोज्ने उपभोक्ताको पहिलो रोजाइमा आफूहरू रहेको कम्पनीले बताएको छ ।

सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवाउपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधादिने तर्फ ध्यान केन्द्रित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्