मौसममा सुधार

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसकारण देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने तराईका भू-भागका केही स्थानमा हुसु तथा कुहिरो लागेको छ।

तर, आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । राती भने प्रदेश १ र वागमती प्रदेशमा आंशि देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने भएको छ ।

सोमबार प्रदेश नं १, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । देशका पुर्वी तथा पश्चिमी भू-भागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

देशका तराई भू-भागमा हुसु, कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।