मोरङ हत्याकाण्ड : थप दुई जना आरोपित पक्राउ

0
Shares

न्युज अफ नेपाल मोरङ ।

हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले गरेको छ । पक्राउ पर्नेहरुमा  मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् । सुभाम र हकिमलाई प्रहरीले शुक्रबार पक्राउ गरिएको जनाएको छ ।

धनपालथान गाउँपालिका- ७ बस्ने दिलिप सिंहको उखुबारीमा माघ १२ गते सप्तरी शम्भुनाथ नगरपालिका-४ ठेगाना भएका ३२ वर्षीय शम्भु कुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका-३ ठेगाना भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको गाडिएको अवस्थामा शव फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा कारोवारको रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।