प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना: ६ जनाको मृत्यु, बेहुलासहित ७ गम्भीर घाइते

0
Shares

न्युज अफ नेपाल, प्युठान ।

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जीप ओखरपाटामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

ग १ ज ५०९२ नम्बर को जीप दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले बताए । जीप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।