कर्णालीमा भारी हिमपात

0
Shares

मुगु ।

कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ ।

मुगुस्थित रारा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लो हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन ।

कर्णालीमा यो तेस्रो पटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको हो । आज पनि हिमपात भइरहेको छ ।

मुगुका प्राय: सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारलगायतका क्षेत्रमा हिमपात भएको छ । उता जुम्लाका पनि सबै स्थानीय तहका क्षेत्रमा हिमपात भएको छ ।

न्युज कारखाना