‘मोरङ र ललितपुर हत्यामा एउटै समूहको संलग्नता’

0
Shares

काठमाडौं, (नेस) ।

मोरङको थानपालमा भएको हत्या काण्ड र ललितपुरको धापाखेलमा भएको अर्को हत्यामा एउटै समूहको संलग्नता रहेको प्रहरीले जानकारी दिएको छ । मोरङको थानापालमा २ जनाको हत्या भएको थियो ।

एक महिनाअघि हत्या गरेर मोरङमा दुईजना र ललितपुरमा एकजनालाई गाडेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङमा गाडिएका दुई शव निकालेर प्रहरीले गरेको अनुसन्धानका क्रममा ललितपुरमा पनि अर्को व्यक्तिको हत्या गरेको खुलेको हो ।

ललितपुरको धापाखेलमा घरजग्गा कारोबारी मोहन लिम्बुको शव बिहीबार फेला परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । यो घटना अनुसन्धानका लागि मोरङका प्रहरी प्रमुख जनार्दन जिसी पनि एक सातादेखि काठमाडौंमै थिए । शव भेटिएको स्थानमा जिसी, अपराध महाशाखाको टोली पुगेको थियो ।

घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरिएको अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताउनुभयो । पक्राउ पर्नेमा सिरहाका अनिलकुमार मण्डल रहेका छन् । मण्डलकै बयानका आधारमा ललितपुरको धापाखेलमा पनि लिम्बुको हत्या गरेर गाडिएको खुलेपछि प्रहरीले शव उत्खनन गरेको हो ।