प्रधान सेनापति प्रभुरामद्वारा निरीक्षण भ्रमण


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधान सेनापति प्रभुराम शर्माले (बिहीबार ) चितवन जिल्लामा तैनाथ काली बहादुर गणको निरीक्षण भ्रमण गरेका छन् ।  ।

उनले गणको वस्तुस्थिति प्रतिवेदन तथा फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी लिएका थिए । शर्माले निरीक्षणका क्रममा सकलदर्जालाई सम्बोधन पनि गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।