एमसीसी पास गर्न महन्थ ठाकुरसँग प्रधानमन्त्रीले मागे सहयोग



न्युज अफ नेपाल, काठमाडौं ।

संसद‍्बाट एमसीसी पारित गर्ने विषयमा सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवा र ठाकुरबीच एमसीसीलगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी मुलुकको हितमा भएकाले संसद्‍बाट पारित गर्न लोसपाको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।प्रधानमन्त्री देउवाले सभामुख अग्नीप्रसाद सापकोटाले संसद्‍मा एमसीसी टेबल गर्ने विषयमा आनाकानी गरे सभामुखको विकल्प समेत खोज्न सकिने बताएका थिए ।

प्रधानमन्त्री देउवाले सभामुखलाई हटाउने अवस्था आए त्यसबेला आफूलाई सहयोग गर्न ठाकुरसँग आग्रह गरेका थिए । अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्