झापाको जुत्ता उद्योगमा भीषण आगलागी


न्युज अफ नेपाल, झापा ।

झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी भएको छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो ।

जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।