बेंसीशहरमा सोमबार र बिहीबार खोप लगाइने

0
Shares

लमजुङ ।

बेंसीशहर नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन र खोपको पहुँच बढाउनका जिल्ला अस्पताल लमजुङमा साताको दुई दिन खोप लगाउने व्यवस्था गरेको छ । १२ वर्षमाथिका खोप लगाउन छुटेका नागरिककालाई माघ २४ गतेबाट यो व्यवस्था गरेको हो ।

कोरोनाविरुद्ध पहिलो तथा दोस्रो मात्रा र बुस्टर डोज लगाउन छुट भएका १२ वर्षमाथिका नागरिकले उक्त दिन जिल्ला अस्पतालको खोप केन्द्रमा गएर खोप लगाउन सक्ने बेंसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताउनुभयो । पहिलो मात्रा खोप लगाउन छुटेका नागरिकले खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारिक प्रमाणपत्र अनिवार्य देखाउनुपर्ने उहाँको भनाएछ ।

यसै गरी, दोस्रो मात्रा खोप लागाउनेको हकमा भने पहिलो मात्रा खोप लगाएका खोपकार्ड अनिवार्य गरिएको छ भने बुस्टर खोप लगाउनेको हकमा दुवै मात्रा खोप लगाएको खोपकार्ड अनिवार्य गरिएको छ । बुस्टर डोज लिन दुवै दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्नेछ । साथै खोप लगाउन जाँदा मास्कको प्रयोग, भौतिक दुरी कायमलगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।