सडकबाटै निर्वाचन माग

0
Shares

हेटौंडा, (नेस) ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सडकबाटै निर्वाचन माग गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले बुधबार हेटौंडाको मुख्य बजार बुद्धचोकमा ‘सडक बहस’ कार्यक्रम गरी सो माग गरेको हो ।

कार्यक्रममा मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभयो । ‘निर्वाचनबाट कोही पनि भाग्नुहु“दैन’, उहाँले भन्नुभयो– ‘यदि जनताप्रति उत्तरदायी व्यक्ति छ भने जनता, राज्यका निम्ति मुलुकको नेतृत्व गर्छु भनेर कुनै व्यक्तिले पार्टी खोलेको छ भने त्यो पार्टी चुनाबबाट त्रसित हुनुहुँदैन ।

श्रेष्ठले निर्वाचनमा आउने परिणाममा आफ्नो पार्टीको ध्यान नभएको तर समयमै निर्वाचन हुनुपर्नेतर्फ ध्यान रहेको बताउनुभयो । उहाँले कांग्रेस नेतृत्वको पाँच दलीय सत्तागठबन्धन सरकार निर्वाचनबाट भाग्न खोजेको आरोपसमेत लगाउनुभएको थियो ।