बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते

0
Shares

बर्दिया ।

बर्दियामा बस दुर्घटना हुँदा बसमा सवार ३५ जना घाइते भएका छन् । घाइते मध्य २४ जना बासगढीमा रहेको कौशिल्या अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् भने बाँकी ११ जनालाई थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज पठाइएको छ ।

कालिकोटबाट महेन्द्रनगर तर्फ जाँदै गरेको महाकाली यातायात प्रा.लि. को ना. ५ ख. ५३८२ नम्बरको बस बिहीबार विहान ३ बजे अनियन्त्रित भएर सडकबाट पल्टिएको प्रहरीले जनाएको छ ।

कैलालीको धनगढीका चालक किसनसिंह खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।